विमानस्थलबाट फर्काइए जोर्डन जान लागेका १५ जना
काठमाडाैं | असार २५, २०८०
जोर्डन जान लागेका १५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका छन्।
आइतबार विमानस्थल पुगेका उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ। जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्।
विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए। त्यस विषयमा अनुसन्धान गर्ने र छलफलका लागि मेनपावर व्यवसायीलाई बोलाइएको जानकारी दिए। ुव्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ,’ उनले भने।
महानिर्देशक अधिकारीका आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ। उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

